महासचिव एन्टोनियो गुटेरेस कतार एयरवेजको विमानबाट दोहातर्फ प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

महासचिव एन्टोनियो गुटेरेस कतार एयरवेजको विमानबाट दोहातर्फ प्रस्थान

काठमाडौं, १५ कात्तिक । नेपालको चार दिने औपचारिक भ्रमण सकेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज फर्कनु भएको छ । महासचव गुटेरेस आ विहान ९ बजे कतार एयरवेजको विमानबाट दोहातर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत शनिबार राति नेपाल आएका महासचिव गुटेरेसले विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गर्नुका साथै प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुभयो । उहाँले राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षसहित विभिन्न दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट पनि गर्नुभयो । साथै सगरमाथा आधार शिविर, अन्नपूर्ण बेसक्याम्प, गौतमवुद्धको जन्मस्थल लुम्बिनी, पाटन दरबार स्क्वायर लगायतका स्थलको अवलोकन भ्रमण पनि गर्नुभयो ।

भ्रमणका क्रममा महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुंगोमा पु¥याउन राष्ट्रसंघ सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको छ । । साथै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरको क्षतिपूर्ती विकसित मुलुकबाट पाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । उहाँले गौतम बुद्धको जन्मथलो लुम्बिनीबाट संसारभर भइरहेका द्वन्द्व अन्त्य र विश्व शान्तिको कामना गर्नुभएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनपछि महासचिव गुटेरेसले इजरायल, प्यालेस्टाइन, सुडानलगायतका देशमा भइरहेको द्वन्द्व अन्त्य गर्न आह्वान गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);