महासचिव गुटेरेस सोलुबाट काठमाडौं हुँदै आजै पोखरा जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

महासचिव गुटेरेस सोलुबाट काठमाडौं हुँदै आजै पोखरा जाने

काठमाडौं, १३ कात्तिक । नेपाल भ्रमणमा रहनुभएका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज सोलुखुम्बुको अवलोकन गरेर काठमाडौं फर्कने यूएन हाउसको कार्यक्रममा सहभागी भएर पोखरा जाँदै हुनुहुन्छ ।

जलवायु परिवर्तनको असरबारे बुझ्न उहाँ सोलुखुम्बुको स्याङ्बोचेमा हिमाली भेगको अवलोकन गर्ने र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेकोे गम्भीर असरको अवलोकन गर्ने कार्यक्रम छ । जलवायु परिवर्तनका कारण प्रभावमा परेका समुदायसँग उहाँले भेट्नु हुने छ । त्यसपछि काठमाण्डौ फर्केर ललितपुरको यूएन हाउसको कार्यक्रममा सहभागी भएर लगत्तै पोखरा जाने र राति त्यही बस्ने कार्यक्रम छ ।

मंगलबार अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्नुहुनेछ । त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ जानुहुनेछ । लुम्बिनीबाट काठमाण्डौ फर्केर मंगलबार दिउँसो ४ बजेपछि सङ्घीय संसद्को दुवै सदनलाई महासचिव गटेरेसले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्नुहुनेछ । बुधवार महासचिव गुटेरेस चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम छ । राष्ट्रसंघ महासचिवको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बेलुकी रात्रिभोजको आयोजना गर्नुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको पनि बताउनुभएको छ । कोभिड–१९ पछि उत्पन्न भएको अन्तर्राष्ट्रिय आर्थिक सङ्कट र जलवायु परिवर्तनको जोखिममा नेपाल पनि परेको भन्दै उहाँले जलवायु परिवर्तनको असर र जोखिममा रहेको नेपाललाई विकसित राष्ट्रले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);