न्यायाधीश सिन्हा आजदेखि सेवानिवृत्त हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

न्यायाधीश सिन्हा आजदेखि सेवानिवृत्त हुँदै

काठमाडौँ,१५ कात्तिक । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा उमेर हदका कारण आजदेखि सेवानिवृत्त हुँदैछन् ।

उनलाई मंगलबार नै अदालतले एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ६५ वर्षसम्म मात्रै पदमा बहाल हुन पाउने संवैधानिक व्यवस्था छ ।

१७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका सिन्हा करिव सात वर्ष सर्वोच्च अदालतमा रहँदा मूलत वैधानिक विवाद, फौजदारी र वाणिज्य सम्बन्धी मुद्दा निरुपणमा सक्रिय भए ।

उनी हालसम्म सर्वोच्च अदालतको सूचना प्रविधि समितिका संयोजक थिए ।

Leave a Reply

ताजा समाचार