आन्ध्र प्रदेशमा दुईवटा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ५० बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

आन्ध्र प्रदेशमा दुईवटा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ५० बढी घाइते

हैदराबाद, १३ कात्तिक । भारतको आन्ध्र प्रदेशमा आइतबार दुईवटा रेल एक आपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ । यस दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । यो दुर्घटना आन्ध्र प्रदेशको भिजियानगरम जिल्लाको कान्तकपाली र अलामान्डा स्टेशनहरू बीच भएको हो।

प्रहरीको अनुसार रेल दुर्घटनामा घाइते भएका सबै यात्रुहरूलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ। केन्द्र सरकार र आन्ध्र प्रदेशका मुख्यमन्त्रीले रेल दुर्घटनामा ज्यान गुमाएका पीडितका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेका छन्। विशाखापट्टनम–पलासा यात्रुवाहक रेलका अर्को ११ वटा डिब्बालाई अर्को अलमान्डा स्टेशनमा सारिएको छ भने विशाखापट्टनम–रायगडा पछाडि रहेका ९ वटा डिब्बालाई अघिल्लो स्टेशन कान्तकपल्लेमा फिर्ता लगिएको छ ।

विशाखापट्टनम–पलासा प्यासेन्जर ट्रेन विशाखापट्टनमबाट निर्धारित समयमै छुट्यो। सोही समयमा विशाखापट्टनम–रायगडा प्यासेन्जर ट्रेन १५ मिनेटपछि छुट्यो । विशाखापट्टनम–पलासा प्यासेन्जर ट्रेन कान्ताकपाली र अलमान्डा स्टेशनबाट २०० मिटरको दुरीमा उभिएको थियो। यसैबीच सोही ट्र्याकमा आउँदै गरेको विशाखापट्टनम–रायगडा यात्रुवाहक रेलले ठक्कर दिएको छ । यो ठक्करका कारण विशाखापट्टनम–पलासा यात्रुवाहक रेलका दुईवटा डिब्बा पटरीबाट खसेका छन् । विशाखापट्टनम–रायगडा प्यासेन्जर ट्रेनको इन्जिन पनि पटरीबाट खसेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);