संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा तत्काल युद्धविराम गर्न इजरायलसँग आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा तत्काल युद्धविराम गर्न इजरायलसँग आग्रह

काठमाण्डौ, ११ कार्तिक
संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा तत्काल युद्धविराम गर्न इजरायलसँग आग्रह गरेको छ ।

गाजा क्षेत्रमा राहात व्यवस्थापनको काम गर्दै आएको राष्ट्र संघीय निकायले यदि युद्ध विराम नगरेमा गाजामा राहतका कार्यक्रम रोक्नुपर्ने अवस्था आएको स्पष्ट गरको अन्तराष्ट्रिय स.चार माध्यमहरुले जनाएका छन् ।

इजरायलले शुरु गरेको स्थलगत आक्रमणसँगै राहात वितरण कार्य असुरक्षित भएको राष्ट्रसंघको भनाइ छ । इजरायली सेनाहरु स्थलगत मार्गबाट उत्तरी गाजामा प्रवेश गरिरहेका छन् ।

यस्तै, गाजा क्षेत्रमा शासन गर्दै आएको विद्रोही समूह हमासले युद्धविराम नभएसम्म बन्धक बनाइएकालाई रिहाइ नगर्ने घोषणा गरेको छ । रुसको भ्रमणमा रहेको हमास प्रतिनिधिमण्डलका एक सदस्यले अक्टोबर ७ को आक्रमणमा बन्धक बनाइएकालाई रिहाइ गर्न नसकिने स्पष्ट गरेको बताइएको छ ।

अहिले २ सय २९ जना हमासको कब्जामा रहेका इजरायलले जनाएको छ । गाजामा बन्दी बनाइएका चारजनालाई हमासले रिहा गरिसकेको छ । इजरायलले हमासका प्रतिनिधिहरूलाई रुसको निमन्त्रणाको आलोचना गरेको छ ।

इजरायलको विदेश मन्त्रालयले हमासका सदस्यलाई मस्कोमा आमन्त्रित गरेर रुसले आतंकवादलाई समर्थन गरेका आरोप लगाएका छन् । रुसले भने सबै पक्षसँग सम्पर्क राख्नु जरुरी रहेको भन्दै आफ्नो बचाउ गरेको छ ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);