इजरायलले कतारमा गाजा युद्धविराम वार्ता जारी राख्न प्रतिनिधिमण्डल पठाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

इजरायलले कतारमा गाजा युद्धविराम वार्ता जारी राख्न प्रतिनिधिमण्डल पठाउने

एजेन्सी,१४ फागुन । इजरायलको मन्त्रिपरिषद्ले गाजा युद्धविराम सम्झौतामा वार्ता जारी राख्न एक प्रतिनिधिमण्डल कतार पठाउने भएको छ । कतारको राजधानी दोहामा भइरहेको वार्ताका लागि आफ्नो प्रतिनिधि मण्डल पनि पठाउने बताएको हो ।

प्रतिनिधिमण्डलमा गैर–वरिष्ठ अधिकारीहरू सम्मिलित हुने बताइएको छ । साढे चार महिना लामो युद्धको अन्त्य, गाजामा हमासद्वारा बन्धक बनाएकाहरूको रिहाइ, इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको रिहाइका साथै मानवीय सहायता बढाउने सहमति हुने अपेक्षा गरिएको बताइएको छ ।

इजरायली अधिकारीहरूले पेरिसमा भएको वार्ता रचनात्मक भएको र सहमतिको सामान्य रूपरेखा तयार भएको बताएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);