दशैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरवार सुनसान | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

दशैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरवार सुनसान

काठमाण्डौ, कार्तिक १०
दशैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको छ । दशैँको बिदा सकिएसँगै आजबाट सरकारी कार्यालयहरु खलेपनि सिंहदरवारमा चहलपहल भने निकै कम भएको पाइएको छ ।

दशैको विदा सकिएर आज देखि नियमित काम र सेवा प्रवाह हुनु पर्ने भएपनि सिंहदरबारमा कर्मचारी र सेवाग्राहीहरुको निकै पालतो उपस्थिती रह्यो । मन्त्रालयहरुमा सिमित कर्मचारीहरुलाई मात्रै देख्न तथा भेट्न सकिन्छ ।

दैनिक हजारौँको संख्यामा मानिसहरु सिंहदरवार प्रवेश गर्ने भएपनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरु र सवारी साधनहरु देख्न सकिन्छ । दशैँ सकिन अझै दुई दिन बाँकी रहेका कारणले पनि सिंहदरबार सुनुसान बनेको छ ।

शनिवार पूर्णिमाका दिनबाट मात्रै दशैँको टिका विधिवत रुपमा सकिन्छ । आईतवारबाट भने नियमति काममा फर्किने कर्मचारीहरु बढ्ने अनुमान गरिएको छ ।
सिंहदरबार सुनसान भएपनि दशैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ । दशैँ मनाउन गाउँ गएकाहरु सिबदा सकिएसँगै फर्किन थालेका छन् ।

उपत्यका बाहिर गएकाहरु फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड बढेको छ । काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको संख्याबाट दशैँको नवमी र दशमीका दिन सुनसान जस्तै भएका नाकाहरुमा चहलपहल भएको छ । ०००

Leave a Reply