नेपाल त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनल प्रवेश | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

नेपाल त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनल प्रवेश

काठमाडौं, ५ कात्तिक । नेपाल त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । शनिवार सिरिजको तेस्रो खेलमा हङकङलाई हराउँदै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले हङकङलाई ७९ रनले हरायो । नेपालले ३ खेलबाट ६ अंक जोड्दै फाइनलमा स्थान सुरक्षित गर्यो ।

लिग चरणको अन्तिम खेलमा नेपालले यूएईसँग खेल्नेछ । नेपालले प्रश्तुत गरेको २ सय १४ रनका लक्ष्य पछ्याएको हङकङले ८ विकेट गुमाएर १ सय ३४ रनमात्र बनाउन सक्यो । नेपालका करण केसी, सोमपाल कामी, ललित राजवंशीले समान २ तथा प्रतिश जिसी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट हात पारे । हङकङका अंसी रथले सर्वाधिक ४५ रन बनाए । बाबर हायातले २० तथा अजिज खानले २५ रन बनाए । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले ९२ रनको योगदान गरे ।

उनले ४१ बलमा ३ चौका र ९ छक्काको मदतले ९२ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । ओपनर कुशल भुर्तेललाई २ र आसिफ शेखलाई २० रनमा गुमाएको नेपालका लागि सोमपाल कामीले ८ र रोहित पौडेलले ११ रन बनाएका थिए । सन्दीप जोरा र गुल्सन झा समान १ रनमा नटआउट रहे । खेल जितेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान रोहितकुरमा पौडेलले दीपेन्द्र र कुशलको पार्टनरसिप खेल जित्नका लागि राम्रो भएको बताउनु भयो । उहाँले बलिङ यो टुर्नामेण्टमा एकदमै राम्रो भइरहेको बताउनु भयो ।

कप्तान पौडेलले अब फाइनल अझै राम्रोसँग खेल्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);