काठमाडौं,३ कात्तिक । बेइजिंग भ्रमणको क्रममा हृदयघात भई पेकिंग युनियन अस्पतालमा उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘आईसियू’बाट ‘जनरल’ वार्डमा सिफ्ट गरिएको छ ।
श्रेष्ठको स्वास्थ्यमा राम्रो सुधार आएकाले आज विहान ‘आईसियू’बाट ‘जनरल’ वार्डमा सिफ्ट गरेक स्वकिय सचिव विजय गौतमले जानकारी दिए ।
गौतमले छोटो भिडियो कुराकानीमा श्रेष्ठ आफैले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताएको उल्लेख गरेका छन् ।