कांग्रेसले केदार कार्कीलाई विश्वासको मत देला ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

कांग्रेसले केदार कार्कीलाई विश्वासको मत देला ?

काठमाडौं,१ कात्तिक । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिदैंछन् । त्यसअघि नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । संसदीय दलको निर्णयविपरित कार्कीले नेकपा एमालेसँग मिलेर सरकार गठन गरेपछि बैठक बोलाइएको स्रोतले जनाएको छ ।

कार्की एमालेको ४० र आफ्नै पार्टी कांग्रेसको ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । कांग्रेसका ८ जना सांसदले विद्रोह गरेर दलको निर्णयविपरित गएपछि दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका थिए ।

आजको बैठकमा कार्कीलाई विश्वासको मत दिने वा नदिने निर्णय गर्नेछ । कार्कीलाई विश्वासको मत दिने वा नदिने निर्णयभएपछि मात्र सरकारमा सहभागी हुने वा नहुने पनि टुंगो लाग्नेछ । सत्तागठबन्धनले कोशीमा माओवादीका इन्द्र आंवोलाई मुख्यमन्त्रीमा अघि सारेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);