अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन राष्ट्रपतिको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन राष्ट्रपतिको आग्रह

ramchandra poudel

काठमाडौं, ३० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन गैर आवासिय नेपालीहरुलाई आग्रह गर्नुभएको छ । मंगलवार गैर आवासिय नेपाली संघको ११ औँ विश्व सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय जगतमा नेपालीहरुको प्रतिष्ठा बढाउन आग्रह गर्नुभएको हो । उहाँले नेपालको आन्तरिक क्षमता वृद्धि गरी तिब्र आर्थिक विकास गर्नसके मात्रै विदेशमा बस्ने नेपालीको शिर उचो हुने बताउनु भयो । उहाँले देश विकसित भएमात्रै विदेशमा बस्ने नेपालीको शिर उचो हुने उल्लेख गर्दै नेपाल समृद्ध नभएसम्म नेपालीहरुको प्रतिष्ठा बढ्न नसक्ने बताउनु भयो । उहाँले नेपाललाई सुशासन, विकास र समृद्धितर्फ लैजान गैर आवासिय नेपालीहरुको रणनीतिक भुमिका र दायित्व हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘म तपाईहरुलाई आग्रह गर्न चाहन्छु नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तिब्र आर्थिक विकास गर्न सकेमात्र विदेशमा बस्ने नेपालीहरुको शिर पनि उचो हुनेछ । हाम्रो देश विकसित भएमात्रै तपाईहरु सबैको जुन देशमा रहेपनि शिर उचो हुनेछ । नेपाल समृद्ध नहुँदासम्म नेपालीहरुको प्रतिष्ठा बढ्न सक्दैन । नेपाललाई सुशासन, विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन तपाईहरुको रणनीतिक भुमिका र दायित्व वाञ्छनिय छ ।’

राष्ट्रपति पौडेलले नेपालमा जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार, सूचना तथा सञ्चार र शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा लगानीको ठुलो सम्भावना रहेकाले त्यसतर्फ लगानी भित्राउनुपर्ने बताउनु भयो । उहाँले नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकरण र आन्तरिक उत्पादन लगायतको विकासमा केन्द्रीत भएको पनि बताउनु भयो । उहाँले आगामी दिनमा पनि गैर आवासिय नेपालीहरुले नेपालको विकास र समृद्धिका लागि लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हामी सबैलाई थाहा भएकै कुरा हो कि एकातर्फ नेपालमा जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार, सूचना तथा सञ्चार, शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रमा लगानीको ठुलो सम्भावना छ । भर्खरै मित्रराष्ट्रहरुसँग सहमति भइराखेका छन्, त्यसले गर्दा हाम्रो ऊर्जा शक्तिको धेरै ठूलो सम्भावना हाम्रो राष्ट्रलाई धनि राष्ट्र बनाउनमा धेरै ठूलो सम्भावना देखापरेको छ । विश्वकै ठूलो जनसंख्या र वृहत बजारहरु हाम्रा छिमेकमा छन् । हामीले हाम्रो विभिन्न क्षेत्रमा ठुलो लगानीको सम्भावना छ । त्यो लगानीलाई हामीले आमन्त्रण गर्नुपर्ने छ । यस बिच नेपालको आन्तरिक उपभोगका साथै क्रय शक्ति समेत दिनानुदिन बढीरहेको छ । यस्तो अवस्थामा नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकरण र आन्तरिक उत्पादन लगायतको विकासमा केन्द्रीत भएको छ । यसका लागि उद्यमशीलता सान्दर्भिक तथा उपयोगि सावित हुनसक्छ । विगतमा तपाईहरुले नेपालका विभिन्न क्षेत्रमा व्यक्तिगत र संगठित रुपमा गर्दै आउनुभएको लगानी नेपालको विकास र समृद्धिमा सहयोगि बनेको छ ।’

राष्ट्रपति पौडेलले आफ्ना सन्तानहरुलाई नेपाली भाषा र संस्कृति सिकाउन पनि गैर आवासिय नेपालीहरुलाई आग्रह गर्नुभयो । उनीहरुलाई नेपालप्रतिको अपनत्व अभिवृद्धि गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘नेपाल बाहिर रहेर जिवनयापन गर्दै गर्दा आफ्ना सन्तानहरुको आफ्नो भाषा, संस्कृति भुल्ने सम्भावना रहने हुँदा त्यसप्रति तपाईहरु सचेत हुनुपर्छ । नेपाल प्रतिको अपनत्व अभिवृद्धि गर्न र समाजसित अटुट निकटता राख्न नयाँ पुस्तालाई समय समयमा नेपाल ल्याउने यहाँको संस्कृति, सामाजिक परिवेश परिचित गराउनु होला ।’

उहाँले देश प्राकृतिक स्रोत, साधन र जैविक विविधताले सम्पन्न रहेको उल्लेख गर्दै यसको उपयोगका साथै संरक्षण, संवद्र्धन र प्रचार–प्रसारमा पनि जोड दिनुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);