दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ बनाउने परराष्ट्रमन्त्री श्रेष्ठको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ बनाउने परराष्ट्रमन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौं,२४ फागुन । नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ । बुधवार साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले नेपालले कुटनीतिक शिष्टतामा ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ गर्न, उन्नत बनाउने प्राथमिकताका साथ काम गर्ने बताउनु भयो । उहाँले सबै मित्रराष्ट्रसँगको सम्बन्ध मैत्रीपूर्ण बनाउने कुरामा आफ्नो भुमिका रहने बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरुको रक्षा गर्नेकुरा आफ्नो कार्यभारका रुपमा लिएको बताउनु भयो । उहाँले गैर आवासीय नेपालीहरुको लगानीलाई नेपालको विकासका निम्ति परिचालित गर्न प्रोत्साहित गर्ने पनि बताउनु भयो ।

कुटनीतिक आचारसंहीताको कार्यान्वयनमा आफूले विशेष जोड दिने पनि बताउनु भयो । उहाँले नेपालको राष्ट्रिय हित अनुकुल हुने वैदेशिक रकम मात्रै स्वीकार गर्ने बताउनु भयो । राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।

उपप्रधान एवं पराष्ट्रमन्त्री श्रेष्ठले राजदुत नियक्तिको मापदण्डलाई पर अब्जेक्टिभ बनाउने बताउनु भयो । स्वतन्त्र परराष्ट्रनीतिको अवलम्वन गर्नेगरी कुटनीतिक शिष्टता कायम राख्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);