नवरात्रको तेस्रो दिन आज,चन्द्रघण्टाको पुजा गरिँदै | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

नवरात्रको तेस्रो दिन आज,चन्द्रघण्टाको पुजा गरिँदै

काठमाडौं, ३० असोज । आज नवरात्रको तेस्रो दिन नवदुर्गा मध्येकी चन्द्रघण्टाको पुजा आराधना गरिँदै छ । देवी दुर्गा आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले विख्यात हुनुहुन्छ । उहाँको मस्तकमा घण्टीको आकार जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको बताईन्छ ।

देवी चन्द्रघण्टाको घन्टको ध्वनिबाट भूत–प्रेत बाधा भागेर जानेछन् र अत्याचारी दानव तथा दैत्य प्रकम्पित रहन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । आफ्नो दिव्य ध्वनिबाट भूत–प्रेत बाधाहरू हटाउनुका साथै देवी चन्द्रघण्टाको कृपाले भक्तको सबै प्रकारको पाप तथा बाधाहरू हटाई आफ्नो भक्तका दुःख, कष्टको निवारण शीघ्र गरिदिनुहुन्छ भन्ने जनविश्वास छ । नवरात्रको तेस्रोदिन अर्थात् आश्विन शुल्क तृतीयाको दिन चन्द्रघण्टाको ध्यान, उपासना, पाठ एवं आराधना गरिन्छ ।

चन्द्रघण्टाको आराधना गर्नाले सबैप्रकारको दुःख, कष्ट नाशहुने र सबैप्रकारको बाधा हट्ने जनविश्वास रहेको छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल एवं पुष्पहरू प्रिय छन् । चन्द्रघण्टालाई विशेषगरि दुधको परिकार प्रिय छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);