आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको संभावना | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको संभावना

काठमाडौं, १ कात्तिक । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। साथै लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

आज २०८० कार्तिक ०१ गते (बुधबार) । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ । महाशाखाको अनुसार देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ।

त्यस्तै आज राती, देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

६ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

६ घन्टा अघि

Duel Bet: The Casino Showdown

६ घन्टा अघि