काठमाडौं, २९ असोज । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति मध्यान्हदेखि १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।
निगमको विज्ञप्तिमा चाडवाडको समयमा उपभोक्ता हितलाई ध्यानमा राखेर पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मुल्य कार्याविधि २०६८ हाललाई थाति राखेर मुल्य घटाइएको हो ।




