कञ्चनपुरमा जारी ब्याडमिन्टन प्रतियोगितामा एपीएफकाे अग्रता कायम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

कञ्चनपुरमा जारी ब्याडमिन्टन प्रतियोगितामा एपीएफकाे अग्रता कायम

कञ्चनपुर, ४ माघ । कञ्चनपुरमा जारी राखेप ३९औं ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत आज भएका खेलमा विभागीय टोली एपीएफले अग्रता कायम गरेको छ । पुरुष एकलतर्फ आज भएका चार खेलमा एपीएफ तीन खेल जित्दै अग्रस्थानमा रहेको हो ।

पहिलो खेलमा सशस्त्रका दिपेश धामीले जित हात पारेका छन् । दिपेशले आर्मीका रञ्जित तामाङलाई पहिलो सेट २१–१९ र २५–२३ को सेटमा पाखा लगाएका हुन् । दोस्रो खेलमा आर्मीका नवीन श्रेष्ठले जित हात पारे । उनले एपीएफका साजन ताम्राकारलाई २१–१५ र २१–१९ ले हराए ।

आजै भएको तेस्रो खेलमा सशस्त्रका सुदिप सेढाईंले आर्मीका प्रफुल्ल महर्जनलाई २१–१७ र २१–१७ ले हराए । यसैगरी, पुरुष डबलमा एपीएफका खेलाडीले जित पारेका छन् भने महिला एकलमा आर्मीका खेलाडीले दुई खेल जितेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);