सम्भवसँगको प्रेम सम्बन्ध सार्वजनिक गर्दै श्रृंखलाले भनिन–ठुलो हिम्मत जुटाउनु पर्यो | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

सम्भवसँगको प्रेम सम्बन्ध सार्वजनिक गर्दै श्रृंखलाले भनिन–ठुलो हिम्मत जुटाउनु पर्यो

काठमाडौं, २९ असोज । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले प्रेमी सम्भव सिरोहियासँगको तस्बिर सार्वजनिक गरेकी छिन् । कान्तिपुर मिडिया नेटवर्कका सिइओ कैलाश सिरोहियाका छोरा सम्भव र श्रृंखला केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको समाचार बन्दै आएको थियो । आइतबार सामाजिक सञ्जाल इन्ष्टाग्राममा सम्भवसँगको फोटो शेयर गर्दै श्रृंखलाले ठुलो हिम्मतले प्रेम सम्बन्धको तस्बिर सार्वजनिक गरेको उल्लेख गरेकी छिन् ।

उनले प्रेमिल जोडीको नाम होपलेस–रोमाण्टिक भएको पनि उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्,‘नमस्ते, हामी सम्भव र श्रृंखला हौं । म मेरो भर्चुअल परिवारसँग हाम्रो प्रेम सम्बन्ध सार्वजनिक गर्न पाउँदा म खुशी छु’ ।

सम्भव भन्दा अगाडी श्रृंखलाको प्रेम जीवनमा सिसन बानियाँ आएका थिए । लामो समयको प्रेम सम्बन्धपछि उनीहरु बिच तित्तता आएको हो । श्रृंखला अध्ययनका लागि विदेश गएसँगै सिसन र उनीबीच प्रेमसम्बन्धमा दरार आएको बुझिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);