छोरीलाई लिएर ओलीलाई भेट्न पुगिन श्वेता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

छोरीलाई लिएर ओलीलाई भेट्न पुगिन श्वेता

काठमाडौं १३ असार । चर्चित अभिनेत्री श्वेता खड्का पति र छोरीलाई साथमा लिएर नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छिन् । श्वेता श्रीमान विजेन्द्रसिंह राउत र छोरी ब्रिआनालाई लिएर मंगलबार ओली निवास बालकोट पुगेकी हुन् ।

भेटको क्रममा अध्यक्ष ओलीले ब्रीआनालाई आशिर्वाद दिँदै काधमा हालेको तस्बिर देख्न सकिन्छ । ओलीसँगको भेटको तस्बिर शेयर गर्दै श्वेताले खुशी व्यक्त गरेकी छिन् । श्वेता केही समय अघि नेपाली कांग्रेस प्रवेश गरेकी थिइन् ।

तर अहिले एमाले अध्यक्ष ओलीलाई भेट्न जानु निकै अर्थपुर्ण तरिकाले हेरिएको छ । उनले लेखेकी छिन्,‘काम ठुलो हुन पर्दैन, जे गर्छौं प्रेम पुर्वक गर्दा, सदैव लक्ष्मी को बास हुन्छ, सम्मनानीय पूर्वप्रधानमन्त्री केपी बुवाहजुर सँग पहिलो भेट ब्रीआना को ! आशिर्बाद लिदै’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);