कोशीमा किचलो,सत्तारुढ दलकै दुई जनाले गरे मुख्यमन्त्रीमा दाबी पेश | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

कोशीमा किचलो,सत्तारुढ दलकै दुई जनाले गरे मुख्यमन्त्रीमा दाबी पेश

काठमाडौं, २६ असोज । कोशी प्रदेशको राजनीति रोचक मोडमा पुगेको छ । मुख्यमन्त्रीका लागि संघीय सरकारमा सत्तारुढ दुई घटक नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गर्नुभयो । बिहीबार साँझ कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा उहाँले दाबी पेश गर्नुभएको हो ।

उहाँलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ । मुख्यमन्त्रीमा दाबी गर्नुभएका आङ्बोले मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुखले निकास निकाल्ने विश्वास लिनुभयो । दुबै पक्षले बहुमत सहित हस्ताक्षर बुझाएकाले संवैधानिक र कानुनी हिसाबले प्रदेश प्रमुखले आवश्यक परामर्श गरेर निकास निकाल्ने उहाँको भनाइ छ ।

यस्तै मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले बहुमत सांसद (४७ जना) को हस्ताक्षर बुझाउनुभएको छ । यसैबीच कार्कीसहितका आठ सांसदहरूले प्रदेश प्रमुखका सामु आफ्नो हस्ताक्षर सनाखत गरेका छन् । कार्कीसहित आठ सांसदसहितको हस्ताक्षर लिएर नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उनीहरूले प्रदेश प्रमुख सामु हस्ताक्षर सनाखत गरेका हुन् ।

कार्कीले आफूहरू सशरीर उपस्थित भएर आफ्नो हस्ताक्षर सनाखत गरेकाले अन्य कुनै सदस्यले पेस गरेको दाबी झुटो भएकाले खारेज गर्न मागसमेत गर्नुभएको छ । आफूहरूले आङ्बोको समर्थनमा हस्ताक्षर नगरेको बताउँदै उहाँले उक्त दाबीलाई खारेज गर्न निवेदन दिनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);