काठमाडौं, २३ असोज ||
आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले इजरायलका लागि नेपाली राजदुतलाई तत्काल निलम्वन गर्न माग गर्नुभएको छ । मंगलवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इजरायलमा नेपाल सरकारको कुटनीतिक असफलता भएको बताउनु भयो । उहाँले कुटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन नसक्दा अहिले उद्धारमा ढिलाइ भइरहेको बताउनु भयो । उहाँले सरकारले भागबण्डा गरेर राजदुत नियुक्ति गर्नाले असक्षम राजदुत नियुक्ति हुने गरेको बताउनु भयो ।
सांसद साहले इजरायलसँग कुटनीतिक असफलता व्यहोरेको भन्दै सरकारले आत्मालोचित हुनुपर्ने बताउनु भयो ।




