कञ्चनपुरको महेन्द्रनगर बसपार्क अलपत्र | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

कञ्चनपुरको महेन्द्रनगर बसपार्क अलपत्र

पुष्कर भट्ट
कञ्चनपुर, ४ माघ
। निर्माण कम्पनी जोशी बिल्डर्सले सम्झौताअनुसार काम नगर्दा कञ्चनपुरको महेन्द्रनगर बसपार्क अलपत्र परेको छ । गत वर्षको साउन २७ गते निर्माण सुरु भएको बसपार्क सम्झौताअनुसार कात्तिक २७ गतेसम्म निर्माण सम्पन्न नहुँदा बजार क्षेत्र नै अस्तव्यस्त बनेको छ ।

कञ्चनपुरको महेन्द्रनगर बसपार्क समयमा नबन्दा स्थानीय बासिन्दासमेत हैरान छन् । बसपार्क अलपत्र भएपछि सार्वजनिक सवारी साधनहरू जथाभावी रोक्नुपर्ने अवस्था एकातिर छ भने अर्कातिर यात्रुले आफ्नो रुटका गाडी कहाँ पाइन्छन् थाहा पाउँदैनन् । बसपार्क समयमै निर्माण नहुँदा सवारीसाधन अव्यवस्थित पार्किङ गर्नुपर्ने बाध्यता यातायात व्यवसायीमा छ । जसका कारण दुर्घटनाको जोखिमसमेत बढेको छ ।

बसपार्क निर्माणको जिम्मा पाएको जोशी बिल्डरले भने साउनमा ठेक्का सम्झौता भए पनि चार महिनामात्रै कन्सल्टेन्सी आएको तथा अन्य समस्यामा कारण केही ढिलाइ भएको जनाएको छ । भीमदत्त नगरपालिका र तत्कालीन जिल्ला विकास समितिको ऋण तथा अनुदानमा निर्माणाधीन बसपार्क आशिषकुमार श्रेष्ठ जेभी निर्माण कम्पनीले ठेक्का पाएर जोशी बिल्डर्सलाई बसपार्क बनाउन दिएको छ ।

२०७३ साल साउन २७ ठेक्का पाएको कम्पनीले २०७४ साल कात्तिक २७ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);