सिक्किममा ३ हजार पर्यटकको उद्धार गर्ने यो बाँसको पुल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

सिक्किममा ३ हजार पर्यटकको उद्धार गर्ने यो बाँसको पुल

सिक्किम, २२ असोज । उत्तर सिक्किममा बाढी आएपछि त्यहाँ फसेका पर्यटक, मजदुर र स्थानीय जनताको उद्धार र राहतको काम भइरहेको छ । आइतबार सडक सम्पर्कविहीन क्षेत्रबाट २ सय ६ जनाको उद्धार गरिएको छ ।

इन्डो–तिब्बत सीमा प्रहरी (आईटीबीपी) ले चुङथाङमा फसेका ५६ सर्वसाधारणलाई डोरीको सहायताले सकुशल उद्धार गरी राहत शिविरमा पुर्याएको छ । जसमा ५२ पुरुष र चार महिला रहेका छन् । सिक्किमका विभिन्न क्षेत्रमा फसेका तीन हजारभन्दा बढी पर्यटकलाई बचाउन अहिलेसम्म एउटा बाँसको पुल बनेको छ ।

बाँसको पुलको सहयोगमा सोमबार अन्य पर्यटक र मजदुरलाई बाहिर निकाल्ने अभियान चलाइनेछ । यस क्षेत्रका सबै पुलहरु बगेका छन् । सडकहरु पनि भत्किएका छन् । विपद्पछि सिक्किममा मात्रै अहिलेसम्म ३३ शव भेटिएका छन् । आइतबार नाम्चीमा एक र पाक्योङ जिल्लामा दुई जनाको शव भेटिएको थियो । बंगालका विभिन्न क्षेत्रबाट टिस्टा नदीमा बगेका ५२ भन्दा बढी शव निकालिएका छन् ।

आइतबारसम्म राज्य प्रशासनमा दर्ता भएको विवरण अनुसार बेपत्ताको संख्या १०५ पुगेको छ । खराब मौसमका कारण वायुसेना र सिक्किम सरकारले भाडामा लिएका हेलिकप्टरले उडान भर्न सकेका छैनन् । दुर्घटनाको पाँचौं दिनपछि उत्तर सिक्किमको लाचुङ, लाचेन र चुङ्थाङमा फसेका हजारौं मानिसको उद्धारको अभियान सुरु हुनसक्छ। स्थानीय नागरिक, क्ष्त्द्यए, भारतीय सेना, भारतीय रिजर्व बटालियन र सिक्किम पुलिस र द्यच्इ मिलेर बाँसको पुल निर्माण गरेका हुन्।

चुङ्थाङमा बाँस र काठले बनेको ३० मिटर लामो अस्थायी पुलको सहयोगमा पाँच विदेशी, सात स्वदेशी पर्यटक र एक टुर गाइडसहित १ सय ५० जनालाई ल्याइएको छ । काटेङ, मुशीथाङ्क र मुगुथाङमा अलपत्र परेका आप्रवासी कामदार दुई दिनको पैदल यात्रापछि आइतबार चुङ्थाङ पुगेका छन् । एनडीआरएफको टोली शनिबार चुङथाङ पुगेको थियो। आइतवार, अर्को टोली गान्तोकबाट उत्तर सिक्किम पठाइएको छ।

चुङ्थाङ टिष्टा जलविद्युत आयोजनाको सुरुङमा फसेका ६ जनाको उद्धारका लागि इन्डो तिब्बत सीमा प्रहरी (आईटीबीपी) का सैनिक स्वर्गदूत बनेका छन् । अचानक आएको बाढीले १४ जनाभन्दा बढी मजदुर अलपत्र परेका छन् । तीमध्ये ६ जनालाई सैनिकले शनिबार उद्धार गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);