नेपालमा कति छन् डेंगु संक्रमित ? | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

नेपालमा कति छन् डेंगु संक्रमित ?

काठमाडौं, २१ असोज । नेपालमा डेंगु सङ्क्रमितको संख्या ३५ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३५ हजार ४९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । संक्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै धादिङ जिल्लामा ३ हजार १२० सङ्क्रमित छन् । तनहुँमा ३ हजार ११७ जना संक्रमित भएका छन् भने मोरङमा २ हजार २७० संक्रमित भएका छन् ।

यस्तै, कास्की ७६९ जनामा पुष्टि हुँदा काठमाडौँमा ७५१ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ । उता सङ्खुवासभामा ४९३ जना संक्रमण पुष्टि हुँदा कैलालीमा ४६७ जनामा संक्रमण भएको छ । धनकुटामा संक्रमितको संख्या ४४२ जना पुगेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ६२० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ७८० जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ४ हजार ३५० जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार २१, मधेस प्रदेशमा ५७७, लुम्बिनी प्रदेशमा ५२५ र कर्णाली प्रदेशमा १२१ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);