आजदेखि एकदिवसीय विश्वकप क्रिकेट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आजदेखि एकदिवसीय विश्वकप क्रिकेट सुरु

काठमाडौं, १८ असोज । आजदेखि एक दिवसीय विश्वकप क्रिकेट सुरु हुँदैछ । भारतको अहमदावादस्थित नरेन्द्रमोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विश्वकपको उद्घाटन हुँदैछ । खेल सवा २ बजेदेखि सुरु हुनेछ ।

आजको खेलमा साविक विजेताहरु इंग्ल्याण्ड र उपविजेता न्युजिल्याण्ड भिड्दैछन् । एकदिवसिय विश्वकपमा १० राष्ट्रका खेलाडी सहभागी हुनेछन् ।

आयोजक रहेको भारतसहित न्युजिल्याण्ड,इंग्ल्याण्ड, अष्ट्रेलिया, पाकिस्तान,दक्षिण अफ्रिका,श्रीलंका,अफगानिस्तान,बंगलादेश र नेदरल्याण्ड १३औं संस्करणमा सहभागी हुनेछन् । लिग चरणमा ४५ र सेमिफाइनलमा २ र फाइनल गरी प्रतियोगितामा कुल ४८ खेल खेलाइनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);