आचार संहिता र नियम विपरित महेन्द्रनगरमा स्पा मसाज सेन्टर संचालन | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८१, आइतबार

आचार संहिता र नियम विपरित महेन्द्रनगरमा स्पा मसाज सेन्टर संचालन

पुष्कर भट्ट ||
कञ्चनपुर, १६ असोज ||
कञ्चनपुर जिल्लाको समरमुकाम महेन्द्रनगरमा खोलिएका स्पा तथा मसाज सेन्टरहरु स्पा संञ्चालन नियमावली विपरित आचार संहिता विपरित सञ्चालन भैइरहेका छन । मसाज सेन्टरका नाममा महेन्द्रनगरमा खुलमखुल्ला यौन व्यवसाय सन्चालन भएका छन् । यसरी खोलिएका मसाज सेन्टरमा मसाज पनि गराउने र भित्र यौन क्रियाकलाप तथा यौन धन्दा सन्चालन गर्ने गरिएका छन् । सुरुमा महेन्द्रनगर बजारमा डायमण्ड स्पा एण्ड थेरेपी भनेर खोलिएको थियो तर अहिले त्यस्ता मसाज सेन्टरहरु भीमदत्त नगरपालिका वडा न. ५ र ६ डायमण्ड क्यासिनो नजिक महेन्द्र राजमार्ग छेउछाउ र सिएमजी क्यासिनो अगाडी गोलबजारमा खुलेका छन् । बिशेष गरी भारतीय ग्राहकलाई लक्षित गरेर खोलिएका यस्ता मसाज सेन्टरहरु महेन्द्रनगरमा आधा दर्जन खुलिसकेका छन् भने अझै खुल्ने क्रममा रहेका छन । मसाजका नाममा ग्राहकसँग पैसाको मोलमोलाई गर्दै महेन्द्रनगरमा दिउँसै यौनधन्दा हुन्छ । यस्ता मसाज सेन्टरहरु कतिपय दर्ता गरेर सन्चालन गरेका छन् भने कतिपय दर्ता बिना नै सन्चालनमा छन् ।

मसाज सेन्टरका नाममा अवैध कार्य भैइरहेको मसाज सेन्टर छरछिमेकमा बस्ने स्थानीयले गुनासो गरेका छन् । स्थानीय नितेश रावलले मसाजका नाममा स्पा सेन्टरले कार्य क्षेत्र भन्दा बाहिरका गतिविधी गर्दा समाजमा नकारात्मक असर परेको बताए । लक्ष्मी होटेलका संचालक बिष्टले आफुले पनि स्पा मसाज सेन्टर संचालनका लागी अनुमती लिए पनि महेन्द्रनगरमा संचालन भैइरहेका स्पा मसाज सेन्टरहरुले दिनदहाडै स्पा मसाज सेन्टरमा यौन धन्दा सन्चालन गरिरहेको देखेपछि आफुले स्पा मसाज सेन्टर संचालनमै नल्याएको बताउछन । हाम्रो टोलमा यस्तो विकृती भइरहेको छ भनेर जिल्ला प्रहरीमा खबर गर्दा पनि वास्ता नगरिएको समेत रावलले बताए ।

स्पा संचालन आचार संहिता र नियम अनुसार स्पा र मसाज सेन्टरमा मसाज गरिने कोठा खुला तथा पारदर्शी हुनुपर्ने भएपनि महेन्द्रनगरमा सबैभन्दा पहिले संचालनमा आएको डायमण्ड स्पा मसाज सेन्टर देखी लिएर कोहिनुर स्पा,गोल बजार स्थित ग्ल्यामर स्पा, डायमण्ड क्यासिनो अगाडीको ग्ल्यामर स्पा सबैमा कोठाको चुक्कन लगाएर बन्द कोठा भित्र मसाज गर्ने गरेको पाईएको छ । महेन्द्रनगरमा संचालनमा आएका स्पा मसाज सेन्टरमा अधिकांश भारतिय नागरिक आउने गरेको डायमण्ड स्पा का सन्चालक अन्सु गुप्ताले बताए । भारतीयहरुले धेरै पैसा दिने हुँदा मसाज सेन्टरका युवतीहरुले भारतीयलाई बढी रुचाउने गरेको बताइएको छ ।

ती मसाज सेन्टरहरुले १ घण्टा मसाज गरेको केहीले १ हजार र केहीले १ हजार ५ सय शुल्क लग्ने गरेका छन् । सबै मसाज सेन्टरमा मसाज गर्ने युवतीहरु मात्र रहेका छन् । तोकिएको मसाजको शुल्क मसाज सन्चालकले लग्छन् भने मसाजपछि गरिने यौन क्रियाकलाको पैसा ती युवतीले लग्ने गर्दछिन् । मसाज सेन्टरमा गइसकेपछि को सँग मसाज गराउने भन्ने पनि युवती रोज्न पाइने भारतको उत्तराखण्ड बनवासा निवासी युवकले बताएका छन । मसाज सेन्टरले मसाजपछि गरिने यौन कार्यलाई दुई भागमा विभाजन गरेका छन् । एउटा ह्यापिनिङ् र अर्को शारिरीक सम्पर्क । मसाज सेन्टरको भाषामा ह्यापिनिङ् भनेको पुरुषको लिंगलाई मसाज गर्ने युवतीले चलाई दिएर आनन्द दिलाउने हो र अर्को जुन युवतीले मसाज गरिदिएकी छिन् तिनीसँग शारिरीक सम्पर्क राख्ने हो ।

महेन्द्रनगरका प्रायःमसाज सेन्टरमा मसाज गराउन गइरहने भारतिय एक युवकले स्पामा महिलाले मसाज गरिदिन्छन् त्यसपछि ती युवतीसँग कुरा गरेर कसैले ह्यापिनिङ्को पाँच सय कसैले हजार लिन्छन् । शारिरीक सम्पर्क राखेको ५ हजार देखि १० हजार लिने गरेको बताएका छन ।
महेन्द्रनगरमा संचालनमा आएका स्पा मसाज सेन्टरमा अधिकांश भारतिय नागरिक आउने गरेको डायमण्ड स्पा का सन्चालक अन्सु गुप्ताले बताए ।उनले अरु स्पामा यौन जन्य गतिबिधी भए पनि आफनो स्पामा मसाज कार्य भन्दा अरु केहि पनि नहुने बताएकाछन । महेन्द्रनगरका यी स्पा तथा मसाज सेन्टरका बिषयमा कञ्चनपुर प्रहरीलाई थाहा नभएको भने होइन । मसाजका नाममा भित्र के के हुन्छ भन्ने कुरा प्रहरी जवान देखि अधिकृत सबैलाई थाहा छ । कतिपय त ती मसाज सेन्टरमा मसाज गराउन समेत जाने गर्दछन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक कमल थापाले महेन्द्रनगरका मसाज सेन्टरहरुलाई निगरानीमा राखेको बताए ।
आचार संहिता र नियम अनुसार स्पा र मसाज सेन्टरमा मसाज गरिने कोठा खुला तथा पारदर्शी हुनुपर्ने, सेवा प्रदान गर्दा प्रयोग गर्ने पोशाक अनिवार्य रुपमा लगाउनुपर्ने, मदिरा तथा धूमपान निषेध हुनुपर्ने, पर्दा र बेडकभर सेतो हुनुपर्ने, समाजलाई पाच्य नहुने र सेवाग्राहीलाई उत्तेजित हुने काम गर्न नपाइने, छरछिमेक र आवागमनमा बाधा हुने र नकारात्मक असर पर्ने गतिविधि गर्न नहुने एवं तालिम र अनुभवअनुरूप सेवा गर्नुपर्ने लगायतका नियम पालना गर्न पर्ने व्यवस्था उल्लेख भएपनि महेन्द्रनगरमा संचालित स्पा मसाज सेन्टरमा कुनै पनि मापदण्ड लागु भएको देखिदैन ।

स्पा अथवा मसाज सेन्टर संञ्चालन आचार संहिता र नियम अनुसार स्पा र मसाज सेन्टर व्यवसाय सञ्चालन भए नभएको सम्बन्धमा प्रहरी प्रशासन,नगरपालिका लगायतका विभिन्न निकायबाट अनुगमन गर्नु पर्नेमा अहिलेसम्म कुनै पनि निकायले चासो दिएको देखिदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);