दोलखामा कसले राख्यो ढुङमामुनि ४ किलो सुन ? | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

दोलखामा कसले राख्यो ढुङमामुनि ४ किलो सुन ?

काठमाडौं, १६ असोज । दोलखामा थप चार किलो सुन बरामद भएको छ । बिगु गाउँपालिका–१ लामाबगरमा ढुङमामुनि लुकाइराखेको यो सुन बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त सुन बरामद गरेको हो ।

प्रहरीले यसअघि जामुनेको होटेलबाट तीन किलो र चार किलो सुन सहित ५ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र श्रीमती ३० वर्षीया सुनमाला तामाङ,२८ वर्षीय केशर तामाङ, १८ वर्षीय पेम्बा तामाङ र लामाबगरको गोंगरका २० वर्षीय माधव मगरलाई पक्राउ गरेको थियो । चीनबाट अवैध रूपमा ल्याएको सुन लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ परेकाहरूलाई सङ्गठित अपराध र भन्सार कानुन अनुसार कारबाही अगाडि बढाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);