बुहारीलाई सर्पले टोेकेको माइतीलाई जानकारी दिएर फरार भए ससुरा, दाइजोको निहूँमा छोरीको हत्या गरेको माइतीपक्षको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

बुहारीलाई सर्पले टोेकेको माइतीलाई जानकारी दिएर फरार भए ससुरा, दाइजोको निहूँमा छोरीको हत्या गरेको माइतीपक्षको आरोप

death mahila

काठमाडौं, १४ असोज । बिहार शरीफ मानपुर थाना क्षेत्रमा प्रहरीले एक विवाहित महिलाको शव शंकास्पद अवस्थामा फेला पारेको छ । ससुराले माइती पक्षलाई फोन गरेर बुहारीलाई सर्पले टोेकेकोबारे जानकारी गराएका थिए । माइतीपक्षले भने बुवाआमाले दाइजोका लागि घरपक्षकाले हत्या गरेको गम्भीर आरोप लगाएका छन् । परिवारको निवेदन आएपछि कारबाही गरिने प्रहरीले जनाएको छ ।

मृत्युहुनेमा टेत्रवान गाउँमा रोशन कुमारको श्रीमती २५ वर्षीया सीमा कुमारी हुन् । मृतकका बुबा गिरियाक प्रहरी चौकी इलाका रैतार निवासी साधु यादवले शुक्रबार राति आफ्नी छोरीको ससुराले डसाएको फोन आएको बताए । सूचना पाएलगत्तै उनीहरु राति अबेर छोरीको घर पुगे जहाँ कोठामा शव लडिरहेको र घाँटीमा कालो दाग रहेको देखे । ससुरा घरबाट भागेका छन् भने सीमाका दुई छोराछोरी छिमेकीसँग छन् ।

दाइजोका लागि ससुराले घाँटी थिचेर हत्या गरेको मृतकका बुबाले आरोप लगाएका छन् । छ महिनाअघि मात्र रोशनकुमारलाई १ लाख रुपैयाँ र मोटरसाइकल दिइएको थियो । यति हुँदाहुँदै पनि ससुराको लोभ कम भएन र आमाबुवाको घरबाट पैसा लिन सधैं दुव्र्यवहार गर्न थाले ।

हिजो राति केही विषयमा विवाद भएको थियो । त्यसपछि सीमा कुमारीको सासु र भाउजुले घाँटी थिचेर हत्या गरे र फोन गरेर विभिन्न कुरा बताउन थालेको माइतीपक्षको आरोप छ ।
घटनाको समयमा रोशन कुमार घरमा थिएनन्, उनी कलकत्ताको एक निजी कम्पनीमा काम गर्छन्। श्रीमतीको मृत्युको खबर पाएपछि उनी घर फर्किएका छन् । छोरीको ६ वर्षअघि बिहे भएको मृतकका बाबुले बताए । शवलाई पोष्टमार्टमका लागि सदर अस्पताल लगिएको छ ।

पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने छ । परिवारका सदस्यबाट जुनसुकै निवेदन आए पनि छानबिन गरी कारबाही हुन्छ । हाल ससुरा परिवार घरबाट फरार छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);