काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बाग्मती प्रदेश कमिटीको नयाँ नेतृत्व आज चयन गर्दैछ । उम्मेवारहरुको अन्तिम नामावली आज प्रकाशित गरिएको छ । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ । आज प्रकाशित भएको अन्तिम नामावलीमा अध्यक्षमा उनीहरु २ जनाको नाम मात्र प्रकाशन भएको हो ।
उपाध्यक्षमा ईश्वरचनद्र पोखरेल, दावा दोर्जे लामा,नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चार जनाबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी प्रदेश सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुने भएको छ । अन्तिम नामावली प्रकाशन ढिलो भएकोले मतदान ११ बजेपछि मात्र सुरु हुने भएको छ । भोटिङ मेसिनबाट मतदान हुने भएकोले करिब एक जनालाई २० देखि २५ मिनेटसम्म लाग्ने बुझिएको छ ।