एमाले बाग्मतीका उम्मेदवारको शंशोधित अन्तिम नामावली पुनःप्रकाशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

एमाले बाग्मतीका उम्मेदवारको शंशोधित अन्तिम नामावली पुनःप्रकाशन

काठमाडौं, १२ असोज । नेकपा एमाले बाग्मती प्रदेश कमिटीले नयाँ नेतृत्वको लागि उम्मेदवारहरुको संशाधित अन्तिम नामावली पुनः प्रकाशित गरेको छ । शुक्रबार बिहान प्रकाशित अन्तिम नामावली भनिएपनि आज बुधबारकै मितिमा अन्तिम नामावली प्रकाशित गरिएको हो ।

उम्मेदवारहरुको शंशोधित अन्तिम नामावलीमा पदाधिकारीमा कुनै परिवर्तन नभएपनि सदस्यहरुमा दोहोरिएका नाम हटाएर पुनः प्रकाशन गरिएको निर्वाचन मण्डलले जनाएको छ । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ । आज प्रकाशित भएको अन्तिम नामावलीमा अध्यक्षमा उनीहरु २ जनाको नाम मात्र प्रकाशन भएको हो ।

उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा,नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चार जनाबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी प्रदेश सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुने भएको छ । भोटिङ मेसिनबाट मतदान हुने भएकोले करिब एक जनालाई २० देखि २५ मिनेटसम्म लाग्ने बुझिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);