काठमाडौं, १२ असोज । हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्वभर विश्व मुटु दिवस मनाइन्छ । आजको दिन हृदय स्वास्थ्यको लागी समर्पित छ । विश्व मुटु दिवसको अवसरमा मुटुरोगको जोखिम न्यूनीकरण तथा मुटुरोगको रोकथाम र उपचारका बारेमा जनतालाई सचेत गराउने उद्देश्यले विभिन्न किसिमका कार्यक्रम आयोजना गरिएको छ ।
युवापुस्तामा पनि मुटु रोगको जोखिम बढ्दै गएको छ । रिपोर्टका अनुसार ३० वर्षभन्दा कम उमेरका मानिसहरूलाई मुटुसम्बन्धी गम्भीर समस्याहरू हुन थाल्छन्, जुन घातक हुनसक्छ। यस्तो अवस्थामा मुटु रोगको जोखिमबाट बच्न स्वास्थ्य विज्ञहरुले सावधानी अपनाउन सुझाव दिएका छन् ।
मानिसलाई मुटु रोगको गम्भीरता थाहा हुँदैन, जबसम्म उनीहरू यसबाट पीडित हुँदैनन् । यसै कारणले गर्दा हरेक वर्ष सेप्टेम्बर महिनामा विश्व मुटु दिवस मनाइन्छ, जसले गर्दा मानिसलाई मुटुसम्बन्धी रोगबारे सचेत गराइन्छ ।
नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी विश्वभर विश्व मुटु दिवस मनाइदै छ । नेपाल हार्ट नेटको आयोजना तथा मुटु जोगाऊँ (क्बखभ तजभ ज्भबचत) को संयोजकत्वमा विश्व मुटु दिवस २०२३, मनाउन भव्य तयारी भई रहेको सेभ द हार्टका महासचिव शेर बहादुर रानाले जानकारी दिनुभयो ।
सो अवसरमा मनमोहन कार्डियो थेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर देखी स्पेशल चौक स्थित नेपाल कार्डियो डाइबेटिज एण्ड थाईराईड सेन्टर सम्म ¥याली हुने समेत रानाले बताउनुभयो ।