चीन भ्रमण आशा गरेभन्दा धेरै सफल भएको प्रधानमन्त्री प्रचण्डको जिकिर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

चीन भ्रमण आशा गरेभन्दा धेरै सफल भएको प्रधानमन्त्री प्रचण्डको जिकिर

काठमाडौं, ११ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा धेरै सफल भएको बताउनुभएको छ । तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको जिकिर गर्नुभयो ।

राष्ट्रपति सी जिनफिङ र चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरू गर्नुले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको पुष्टि भएको उहाँको भनाइ छ । भ्रमणका क्रममा नेपाल र चीनबीचका विगतमा बन्द भएका सबै नाका सञ्चालन गर्ने, परम्परादेखि पासका रूपमा चल्दै आएका साना साना नाकाहरू पनि सबै सञ्चालन गर्ने सहमति भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।

विगतमा सञ्चालन भएका प्रायः सबै नाकाहरू खुलिसकेका र बाँकी रहेका साना ठुला सबै नाकाहरू छिट्टै खुल्ने भन्दै उहाँले यसले दुई देशको व्यवसायका क्षेत्रमा नयाँ फड्को मार्ने दाबी गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले अघिल्लो पटक आफूले ल्हासाको भ्रमण गर्दा नेपाली महावाणिज्य दूतावासको भवन पुरानो रहेकोमा अहिले नयाँ भवन बनेको देखेर खुसी लागेको भन्दै नयाँ भवनको उपयोग गर्दै नयाँ उत्साहका साथ काम गर्न महावाणिज्यदूत र दूतावासका सबै कर्मचारीलाई निर्देशन दिनुभयो ।प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच भएका सहमति तथा सम्झौताहरू कार्यान्वयनका लागि सक्रिय रहन महावाणिज्यदूतलाई आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);