दिल्लीमा पहिलो हरित हाइड्रोजन इन्धन सेल बस सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

दिल्लीमा पहिलो हरित हाइड्रोजन इन्धन सेल बस सञ्चालन

एजेन्सी । भारतको दिल्लीमा देशकै पहिलो हरित हाइड्रोजन फ्युल सेल बस सञ्चालनमा आएको छ ।

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्रीले बस सेवाको उद्घाटन गर्नुभएको हो । फ्युल सेलले हाइड्रोजन र हावाको प्रयोग गरेर बस चलाउन बिजुली उत्पादन गर्छ ।

डिजेल र पेट्रोलबाट चल्ने परम्परागत बसहरुको तुलनामा यो पर्यावरण अनुकुलन हुने विश्वास रहेको छ । यस वर्षको अन्त्य सम्ममा दिल्लीमा १५ वटा बस सञ्चालन हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);