चक्रपथमा त्रुटि नै त्रुटि | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

चक्रपथमा त्रुटि नै त्रुटि

kalanki koteshwor

काठमाडौं, ९ पुस । चिनियाँ ठेकेदार कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको १७ किमि लम्बाइको ८ लेन सडकको त्रुटि केलाएर साध्य छैन । कोटेश्वर–कलंकी सडकको चौडाइ ५० मिटर छ । फराकिलो भए पनि बाटो काट्दा बीचमा अडिने ठाउँ छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सर्वसाधारणको भीड हुने चोकमा बाटो काट्दा न जेब्रा क्रसिङ छ न त आकाशे पुल नै बनाइएको छ ।

बटुवा जोखिम मोलेर बाटो काट्न बाध्य छन् । फुटपाथ, साइकल लेन, मिडियन, हरित क्षेत्र, पर्याप्त बस स्पट, पार्किङ लट बनेकै छैनन् । सुरक्षाका दृष्टिकोणले अपनाउनुपर्ने ट्राफिक चिह्न, लाइट, सडकको दायाँबायाँ बार र रोड डिभाइडर पनि राखिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);