इटालीका पूर्वराष्ट्रपति नापोलिटानोको अन्त्येष्टि | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

इटालीका पूर्वराष्ट्रपति नापोलिटानोको अन्त्येष्टि

एजेन्सी, १० असोज । इटालीले सबैभन्दा लामो समय राष्ट्रपति भएर देशको सेवा गर्नुभएका जर्जियो नापोलिटानोलाई अन्तिम श्रद्धाञ्जली दिइ अन्त्येष्टि गरेको छ ।

मंगलवार देशको संसदमा विश्वभरका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिइएको हो । मे २००६ देखि जनवरी २०१५ सम्म पदमा रहनुभएका नेपोलिटानोको शुक्रवार ९८ वर्षको उमेरमा निधन भएको थियो । उहाँको निधनमा इटालीले मंगलवार राष्ट्रिय शोक मनाएको थियो । सरकारी भवन र विदेशमा रहेका इटालियन दुतावासहरुमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो ।

उहाँको अन्त्येष्टिमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टाइमेयर र इटालीको राज्य प्रमुखको रुपमा नेपालिटानोका उत्तराधिकारी सर्जियो माटारेल्लाको उपस्थिति रहेको थियो । स्व. नेपालिटानोकी जीवनसाथी क्लियो मारिया बिट्टोनीलाई उपस्थितहरुले समवेदना दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);