कानूनको पालना नहुँदा सरकारको बेरुजु वृद्धि भयोः कार्यवाहक महालेखा परीक्षक काफ्ले | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

कानूनको पालना नहुँदा सरकारको बेरुजु वृद्धि भयोः कार्यवाहक महालेखा परीक्षक काफ्ले

काठमाडौं, ९ असोज ||

महालेखापरीक्षकको कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले संसदले बनाएको कानूनको पालना नहुँदा सरकारको बेरुजु बढेको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा महालेखा परीक्षक काफ्लेले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारका लेखा उत्तरदायी अधिकृतहरुले संसदले कानून,नीति कार्यक्रम,कार्यान्वयन गर्न बसेको मन्त्रालयको सचिव ,लेखा उत्तरदायी अधिकृत र मातहतका संयन्त्रहरुले कानूनहरु पालना नगर्दा समस्या सिर्जना भएको बताउनु भयो। उहाँले भएको कानूनहरु पालना नभएको काम अडिटरहरुले बेरुजु प्रतिवेदन मार्फत बाहिर ल्याइदिएको दाबी गर्नुभयो । उहाँले संसदले पास गरिदिएको बजेट,ऐन कानून अनुसार खर्च हुन नसक्दा समस्या भइरहेको बताउनु भयो । उहाँले राज्य काषको पैसा एक रुपैयाँ पनि नियम विपरित खर्च गर्न नपाउने भन्दै पछिल्लो समय एक वर्षमा १ खर्ब १९ अर्ब रुपैयाँको नियम विपरित भइरहेको बताउनु भयो । उहाँले यस्तो हुँदा पनि लेखा उत्तरदायी अधिकृत अहिले पनि खुला रुपमा हिँडिरहेको बताउनु भयो ।

उहाँले अडिट वा लेखा राख्ने सन्दर्भमा कानून सुधारको आवश्यक नभएको भन्दै कानूनको पालनामा भएको कमजोरीले गर्दा बेरुजु बढी रहेको बताउनु भयो । उहाँले संसदले निर्देशन दिएपनि लेखा उत्तरदायीले काम नगरेको बताउनु भयो।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);