काठमाडौं, ८ असोज । सल्यानमा जिप दुर्घटना मृत्यु हुने दुवैजनाको सनाखत भएको छ । चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
त्यस्तै घाइते हुनेमा तुलसीपुर–२ निवासी ३५ वर्षीय नारायण योगी रहेका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । प्रहरीको अनुसार मृतक दुवै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउने तयारी गरिएको छ ।
तरकारी बोकेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरबोट गाउँपालिका ३ चोरखोला नजिक सेता पैरा भन्ने स्थानमा दुर्घटना भएको थियो । जिप सडकदेखि ३ सय मिटर तल खसेको बुझिएको छ । तुलसीपुर उपमहानगर २ का नारायण योगी दुर्घटनामा गम्भिर घाइते भएका छन् । तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको आशंका गरिएको छ ।
Photo : Salyan khabar




