मन्त्रिपरिषद बैठकले सातवटै प्रदेशको अस्थायी मुकाम ताेक्याे | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

काठमाडौं, ३ माघ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो । यी हुन सात प्रदेशका अस्थायी राजधानी:

प्रदेश नम्बर १ : विराटनगर

प्रदेश नम्बर २ : जनकपुर

प्रदेश नम्बर ३ : मकवानपुर (हेटौंडा)

प्रदेश नम्बर ४ : पोखरा

प्रदेश नम्बर ५ : रुपन्देही

प्रदेश नम्बर ६ : सुर्खेत

प्रदेश नम्बर ७ : कैलाली (धनगढी)