काठमाडौं, ५ असोज । प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कबाट सिधै चीनतर्फ लाग्नु भएको छ । चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज न्यययोकबाट चीनको हाङझावका लागि उड्नु भएको हो परराष्ट्र मन्त्रालयले बिहीबारमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक जानकारी गराएको हो ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रचण्डको २३ देखि ३० सेप्टेम्बरसम्म हुने छ । प्रधानमन्त्री प्रचण्डको साथमा उहाँकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहने परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । साथै, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरु पनि चीन भ्रमणमा सहभागि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङ्झाउमा भेट गर्ने कार्यक्रम छ भने समकक्षी प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेट गर्नुहुने छ ।
प्रचण्डले बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ । साथै, प्रधानमन्त्रीले बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको चीन–नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री २३ सेप्टेम्बरमा हाङ्जाओमा हुने १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुने छ । चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न प्रधानमन्त्रीले चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ । साथै प्रचण्डले े नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नुहुने छ । ०००