नेपालले गर्यो बायो डाइभर्सिटी बिओण्ड नेसनल जुरिडिक्सन सम्बन्धी राष्ट्र संघको सम्झौतामा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

नेपालले गर्यो बायो डाइभर्सिटी बिओण्ड नेसनल जुरिडिक्सन सम्बन्धी राष्ट्र संघको सम्झौतामा हस्ताक्षर

काठमाडौं, ४ असोज । नेपालले बायो डाइभर्सिटी बिओण्ड नेसनल जुरिडिक्सन (बीबीएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागि परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्र संघले प्रस्ताव गरेको बीबीएनजे सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा र आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गर्नुभएको हो । । अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ । यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०–३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारी कार्यान्वयन गर्नेछ । सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने राष्ट्र संघले जनाएको छ ।

यो सम्झौतामा विश्वभरका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० देखि सन् २०२५ को सेप्टेम्बर २० सम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको छ।

Leave a Reply