सरकार र आन्दोलनरत शिक्षकबीचको छलफल विना निष्कर्ष टुंगियो | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८१, शुक्रबार

सरकार र आन्दोलनरत शिक्षकबीचको छलफल विना निष्कर्ष टुंगियो

काठमाडौं, ४ असोज । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच सिंहदरबारमा भएको वार्ता निस्कर्षविहिन भएको छ । यसअघि शिक्षा मन्त्रालयले बोलाउँदा वर्तामा नबसेका शिक्षकहरु आज भने गृह मन्त्रालयमा सरकारसँगको वार्तामा बसेका थिए । छलफलको क्रममा गृहमन्त्री श्रेष्ठले शिक्षकको समस्या सबैको साझा समस्या रहेको भन्दै समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएको छलफलमा सहभागीले बताए ।

बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका शिक्षकका प्रतिनिधिसँगको छलफलमा सरकारका तर्फबाट उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी लगायत छलफलमा सहभागी थिए ।

त्यस्तै आन्दोलनरतपक्षबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी थिए । शिक्षकहरूको आन्दोलनका कारण देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको हो । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि अहिले काठमाडौँ आएका छन् ।

बुधबार संविधान दिवसमा सार्वजनिक विदाको दिन शिक्षकहरुले थालेको काठमाडौं केन्द्रीत आन्दोलनका कारण आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द भएका हुन । आन्दोलनका कारण रोकिएको पढाइपछि सार्वजनिक विदामा पढाउने गरि व्यवस्था मिलाइएको शिक्षक महासंघले बताएको छ । पहिलो दिन ७० हजारको हाराहारी आन्दोलनकारी भएकोमा संख्या झन बढ्ने शिक्षक महासंघको दाबी छ । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);