एजेन्सी, ३ असोज । बलिउड सेलिबे्रटी विक्की कौशल र कट्रिना कैफले ९ डिसेम्बर २०२१ मा राजस्थानको सवाईमाधोपुरमा एक निजी समारोहमा विवाह गरेका थिए। यो विवाहमा जोडीको परिवार र नजिकका साथीहरू मात्र सहभागी भएका थिए । आज दुवैलाई पावर कपलको रुपमा चिनिन्छ । उनीहरुले सामाजिक सञ्जालमा प्रायः आफ्नो तस्बिर सेयर गर्छन् जसमा विक्की–कट्रिना जोडी गोल गरिरहेको देखिन्छ ।
विक्की कौशलले हालै खुलासा गरेका छन् कि कट्रिनाले झगडा गर्दा उनी कसरी सान्त्वना दिन्छन् । इन्स्ट्यान्ट बलिउडसँग कुरा गर्दै विक्की कौशलले आफू सधैं पहिले माफी माग्ने बताए । आफ्नो गल्ती नभए पनि । यसबाहेक उनले कट्रिनासँग विवाह गर्दा हुने फाइदा र बेफाइदाबारे पनि खुलेर कुरा गरे ।
विक्की कौशलले भने, ‘कहिलेकाहीँ म मेरो गल्ती नभए पनि स्वीकार गर्छु । जसलाई नाटक साथी चाहिन्छ, गल्ती स्वीकार गरेर जीवन सजिलो हुन्छ ।’ विक्कीले अभिनेत्रीसँग विवाह गर्नुको आफ्नै फाइदा र बेफाइदा पनि रहेको बताए । एउटै पेसाबाट आएकाले एकअर्काको समयतालिका बुझेर व्यावसायिक बन्न सक्ने उनले बताए । तर सुटिङको व्यस्तताका कारण उनीहरुले एकअर्कासँग समय बिताउन कम पाउँछन् ।
विक्की कौशल पछिल्लो पटक सारा अली खानसँग फिल्म जरा हटके जरा बचाकेमा देखिएका थिए । अब उनी कमेडी ड्रामा फिल्म ‘द ग्रेट इन्डियन फककमिली’ मा देखिनेछन् । उनको फिल्म २२ सेप्टेम्बरमा ठूलो पर्दामा रिलिज हुने तयारीमा छ । त्यसपछि उनी ‘साम बहादुर’ मा देखिनेछन् । कट्रिनाको कुरा गर्ने हो भने, उनी सलमान खानसँग ‘टाइगर ३’ मा देखिने छिन्, जुन दिवालीमा रिलिज हुनेछ ।