सरकारले गलत क्रियाकलापलाई प्रोत्साहन गर्नु हुँदैन : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

सरकारले गलत क्रियाकलापलाई प्रोत्साहन गर्नु हुँदैन : अध्यक्ष ओली

काठमाडौं, ३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने बताउनुभएको छ । बुधवार काठमाडौंको नक्शालको नारायण चौरमा पार्टीले आयोजना गरेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले देखावटी रुपमा एउटा कुरा गर्ने र भित्रभित्र अर्को खालको व्यवहार देखाउनु नहुने बताउनु भयो । उहाँले सरकारले सही क्रियाकलाप अघि नबढाउने लगायतका तौरतरिकाहरु सरकारले गर्नु नहुने बताउनु भयो । उहाँले संविधान दिवस नेपाली जनताको साझा दिवस भएको पनि बताउनु भयो । उहाँले उपलब्धिहरुलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलापहरु देखिने गरेको भन्दै त्यस्ता क्रियाकलापप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले जनताको एकता, उन्नतिका लागि विभाजनकारी प्रवृत्ति, जनतामा खटपट ल्याउने प्रवृत्ति, राष्ट्रिय एकतामा खलल पु¥याउने प्रवृत्ति, क्षेत्रिय, साम्प्रदायिक, जातियतावादी अथवा विभिन्न आस्थाका नाममा गरिएका उश्रृंखल खालका क्रियाकलापहरु राष्ट्रिय एकताको पक्षमा नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो एउटा जाति विशेषको दिवस होइन, यो एउटा भुगोल विशेषको दिवस होइन । एउटा पेशा, व्यवसाय विशेषको दिवस होइन । यो दिवस सम्पूर्ण नेपाली जनताहरुको मेची—महाकाली र प्रवास जहाँ भएपनि नेपाली जनताको मुलुकको साझा दिवस हो । सिंगो राष्ट्रको राष्ट्रिय दिवस हो । देशभित्र हाम्रो राष्ट्रिय भावना, हाम्रा राष्ट्रिय आकंक्षाहरु, समृद्ध नेपाल, सुखी नेपालीका राष्ट्रिय आकंक्षाहरु यस दिवसले समेटेको छ । यस दिवसले ती आकंक्षाहरुका अगाडि बढाउन चाहेको छ । देश र जनताका लागि जनताले जारी गरेको संविधान बनेको छ । कहीँ कतै हाम्रा उपलब्धिहरुलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलापबाट यस्ता प्रयासहरु छिटपुट रुपमा हुने गरेका देखिन्छन् । त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु । राष्ट्रिय एकतालाई भंग गर्ने खालका जुनसुकै काम, विचारहरु सकारात्मक कुरा हुन सक्दैन । जनताको एकता, उन्नतिका लागि यस्ता विभाजनकारी प्रवृत्तिहरु, जनतामा खटपट ल्याउने प्रवृत्तिहरु, राष्ट्रिय एकतामा खलल पु¥याउने प्रवृत्तिहरु, क्षेत्रिय, साम्प्रदायिक, जातियतावादी अथवा विभिन्न आस्थासँगका नाममा गरिएका उश्रृंखल खालका क्रियाकलापहरु राष्ट्रिय एकताको पक्षमा छैनन् । त्यसले हाम्रो राष्ट्रिय एकतालाई कमजोर पार्छ । यस्ता कुरा गर्नु हुँदैन भन्ने आग्रह गर्न चाहन्छु । सरकारलाई म भन्न चाहन्छु, सरकारले देखावटी रुपमा एउटा कुरा गर्ने र भित्रभित्र अर्को खालको व्यवहार देखाउने, गलत क्रियाकलापलाई प्रोत्साहन गर्ने, बढावा दिने र सही क्रियाकलाप अघि नबढाउने लगायतका तौरतरिकाहरु सरकारले गर्नु हुँदैन ।’

अध्यक्ष ओलीले संविधान दिवस सरकारी दिवस नभइ सरकार र नेपाली जनताको दिवस भएको उल्लेख गर्नुभयो । उहाँले संविधानको प्रभावकारी कार्यान्वनय गर्दै देशमा शान्ति सुव्यवस्था, सामाजिक न्याय समानता र राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने बताउनु भयो । नेकपा एमालेले संविधान दिवसका अवसरमा काठमाडौं नक्शालको नारायण चौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);