अमेरिकाद्वारा प्यालेस्टाइनलाई दिँदै आएको आर्थिक सहयोगमा भारी कटौती | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

अमेरिकाद्वारा प्यालेस्टाइनलाई दिँदै आएको आर्थिक सहयोगमा भारी कटौती

dolor

काठमाडौँ, ३ माघ । अमेरिकाद्वारा प्यालेस्टाइनलाई दिँदै आएको आर्थिक सहयोगमा भारी कटौती, हजारौं प्यालेस्टाइनी जनता मारमा पर्ने भन्दै अमेरिकी निर्णयको राष्ट्रसंघद्वारा विरोध अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको आर्थिक सहयोगमा भारी कटौती गरेको छ ।

संयुक्त राष्ट्रसंघीय सहायता कोष मार्फत प्यालेस्टाइनलाई दिन लागिएको ६५ अर्ब डलर अमेरिकाले रोकेको हो । प्यालेस्टाइनलाई दिने एक सय २५ अर्ब डलरमा अमेरिकाले अब ६० अर्ब डलर मात्र दिने बिबिसीले जनाएको छ । राष्ट्रसंघका अधिकारीले भने अमेरिकाको पछिल्लो कदमले हजारौँ प्यालेस्टाइनी प्रभावित हुने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनले इजरायलसँगको शान्ति वार्ता अस्वीकार गरे सहायता रकम कटौती गर्ने बताएका थिए । प्यालेस्टाइनले आफ्नो स्वतन्त्र र सार्वभौम अधिकार बाहिर गएर कसैसँग पनि सम्झौता नगर्ने बताएसँगै अमेरिकाले सहायता कटौती गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);