प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता

काठमाडौं, १ असोज । अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरूबीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भटवार्ता भएको हो ।

महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको छ ।

साथै, नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच छलफल भएको छ ।

महासभामा सहभागी हुन शनिबार साँझ अमेरिका प्रस्थान गरेका प्रधानमन्त्रीको टोली आइतबार न्युयोर्क पुगेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);