‘विभूषण प्रदान गर्न कार्यदल गठन स्वागतयोग्य’ | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

‘विभूषण प्रदान गर्न कार्यदल गठन स्वागतयोग्य’

काठमाडौं, ३० भदौ । नेपाल सरकारले संविधान दिवसको अवसरमा राष्ट्रपतिमार्फत प्रदान गर्दै आएको विभुषण यसपटक प्रदान नगर्ने भएको छ ।

सरकारको उक्त कदम राजनीतिक विश्लेषक प्रकाश रायमाझीले स्वागतयोग्य रहेको बताएका छन् । उनी भन्छन्“सरकारले संविधान दिवसको दिनमा राष्ट्रपतिको नामबाट जारी गर्ने विभूषण तथा मानपदवी अलंकार पदक स्थगित गर्ने प्रचण्ड सरकारको निर्णय सहि कदम हो ।”

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले विभुषण वितरण कार्यलाई मर्यादित एवं व्यवस्थित गरी विभुषणको गरिमा बढाइ राष्ट्रको सम्मानका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभुषणसम्बन्धि प्रचलित कानुनसमेतको अध्ययन गरी ३ महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो । सो कार्यदलले प्रतिवेदन नदिउन्जेलसम्मका लागि विभुषण प्रदान कार्य स्थगन गरेको सरकारका प्रवत्ता रेखा शर्माले बताइन् ।

विश्लेषक रायमाझीले सरकारले प्रत्येक वर्ष राष्ट्रपतिमार्फत प्रदान गर्र्दै आएको विभुषणबारे गत भदौ १९ गते एक वक्तव्य जारी गर्दै सरकारलाई योग्य व्यक्तिलाई मात्र विभुषण प्रदान गर्न आग्रह गर्दै सुझाव दिएका थिए । सो सुझाव सरकारले सम्बोधन गरिदिएकोमा उनले धन्यवाद दिएका छन् ।

“सचेत र जिम्मेवार नागरिकको कर्तब्यबोध गरी मैले नेपाल सरकारलाई दिएको सुझाव कार्यान्वयन हुदा हर्षित छु। सरकारले संविधान दिवसको दिनमा राष्ट्रपतिको नामबाट जारी गर्ने विभूषण तथा मानपदवी अलंकार पदक स्थगित गर्ने प्रचण्ड सरकारको निर्णय आवश्यक थियो । मानपदवी पाउन पर्ने व्यक्तिहरुले नपाउने र पटक पटक अपराधमा मुछिएका व्यक्तिहरुले बारम्बार पैसा तिरेर पदक खरिद गर्दै आएको कुरा सर्वबिदित्तै थियो।” एक वक्तव्य जारी गर्दै उनले लेखेका छन्,“नयाँ ब्यवस्था पश्चात प्रधानमंत्री, गृहमन्त्री र उनका निकट भानउदा आसेपासे र गृहसचिवको गुलामी गर्नेहरुले मात्र पाउथे र राम्रो काम गर्नेले नेपाल सरकारको सम्मान पाउन कठिन थियो । पैसा तिरेर व्यापारीहरुले मान पदवी पदक विभूषणहरु खरिद बिक्री गरीरहे, यसै सन्दर्भलाई लिएर पटक पटक मैले नेपाल सरकारको ध्यानाकर्षण गराउँदै वक्तव्य, बिज्ञप्ति, ज्ञापनपत्र दिदै आएको थिए। त्यस्तै तीनतहको अव्यवहारिक कर प्रणालीको सुधारको निमित्त समेत आवाज उठाउँदैआएको छु। जनताको आवाज सुन्ने सरकार परिवर्तनको संभाहक बन्न सक्छ।”

रायमाझीले देश र समाजको हित विपरित हुने र भइरहेका भ्रष्टाचार,विसंगति, अन्याय, अत्याचारका बारेमा आवाज उठाउँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);