वर्तमान राजनीतिले न पदको मर्यादा राख्न सक्यो न पदकको गरिमा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वर्तमान राजनीतिले न पदको मर्यादा राख्न सक्यो न पदकको गरिमा (भिडियाेसहित)

सरकारले संविधान दिवसका अवसरमा यस पटक २५ किसिमका पदक ९ सय तीन जनालाई दिने निर्णय गरेको छ ।

पदक पाउनेहरु सुची सार्वनजिक भएसँग सर्वत्र आलोचना शुरु भएको छ । सत्तारुढ गठबन्धनले परिवारजन र आसपासेहरुलाई पहँुचको भरमा पदक दिएको भन्दै जनआक्रोस बढेको छ । जसका कारण राज्यले पदक दिएर अपमान ग¥यो भन्दै पदक फिर्ता गर्नेहरुको होडबाजी नै चलेको छ ।

सरकारले संविधान दिवसका अवसरमा यस पटक ९ सय ३ जनालाई पदक दिएको विषयमा सर्वत्र चर्चा छ। राजनीतिक आस्थाका आधारमा पदक बाँडेर विभूषणकै अपमान ग-यो भन्दै धेरैले आपत्ती जनाएका छन् ।

कानुन अनुसार राष्ट्रिय जीवनमा विशिष्ट योगदान पु-याएकाहरू लाई मात्र विभूषित गर्ने व्यवस्था छ । तर नेताहरु त्यस्तो व्यवस्था लाई लत्याउदै आफु खुसी नाफा घाटाको हिसाव गर्दै पदक बाडेका छन् ।

नेपालको नयाँ संविधान २०७२ जारी भएपछि प्रतेक वर्ष असोज ३ गते राष्ट्रपतिबाट विभूषण प्राप्त गर्नेहरुको नाम सार्वजनिक गर्ने र वैशाख १ गते विभूषण प्रदान गर्ने प्रचलन छ । तर पछिल्ला बर्षहरुमा विभूषण सिफारिस निष्पक्ष नभएको भन्दै जनस्तरबाट व्यापक गुनासो आइरहेको छ ।

यस पटक पनि सरकारले महत्वपूर्ण र प्रमुख मानपदवीमा राजनीतिक भागबन्डा गरेको बारे सर्वत्र आलोचना भइरहेको छ । नेताका आसेपासेहरु परिवारजनहरुलाइ तक्मा बाडेको देख्दा बौदिक वर्ग समेत आक्रोसित छ ।

विभुषण बारे निरन्तर प्रश्न उठिरहेको छ। पाँच दलको संयुक्त सरकारले मापदण्ड स्पष्ट नगरी भागबण्डाको आधारमा पदक प्रदान गर्ने निर्णय गरेको छ । जसबाट राज्यका महत्वपुर्ण क्षेत्रमा वास्तवीक रुपमै योगदान पु¥याएकाहरु विच्कीएका छन ।

कोरोना कहरमा स्वाथ्यकमी र सुरक्षाकर्मीहरुले खेलेको भुमिका जति प्रशंसा गरे पनि कम हुन्छ। तर पदक पाउदा जनताको सेवामा खटिने भन्दा पनि नेताको नजिक हुने हरुले पाएका छन । पहुँचका आधारमा पदक बाँडेकोमा काम गर्नेहरु निरास बनेका छन ।

मापदण्ड विपरीत आफूनिकट व्यक्ति र शक्ति रिझाउने गरी पदक वितरण गरेको भन्दै धेरैले पदक नलिने घोषणा समेत गरेका छन । त्यसैले तक्मामा तमासा देखिएको छ। केहि व्यक्ति तक्मा पाएकोमा लज्जीत बनेका छन। यो कस्तो दुर्दसा हो ?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);