ट्युनिसियाको राष्ट्रिय संग्रहालय २ वर्षपछि खुल्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

ट्युनिसियाको राष्ट्रिय संग्रहालय २ वर्षपछि खुल्यो

काठमाडौं,२९ भदौ । दुई वर्ष भन्दा बढी समय बन्द भएको ट्युनिसियाको बार्डो राष्ट्रिय संग्रहालय बिहीवारदेखि पुनः खुलेको छ । संग्रहालय २५ ज्ुलाई, २०२१ मा बन्द गरिएको थियो । ट्युनिसियका राष्ट्रपति काइस सईदले संसद र संग्रहालय छेउछाउको भवन बन्द गरेपछि संग्रहालय पनि बन्द भएको थियो ।

ट्युनिसियाका संस्कृतिमन्त्री हयात गुरमाजीले बुधवार राति एक समारोहको क्रममा मन्त्रालयले ऐतिहासिक भवनको मर्मतसम्भार र जिर्णोद्धारको लागि बन्द गरिएको तर अब काम सकिसकेकाले खुलाएको बताउनु भयो ।

संग्रहालय सन् २०१५ मा आतंकवादी हमलामा क्षति भएको थियो । जसमा २० भन्दा बढीको मृत्यु भएको थियो । राजधानी ट्युनिसियामा अवस्थित राष्ट्रिय संग्रहालय १८८८ मा स्थापना भएको थियो । यो ट्युनिसियाली सम्पदाको प्रमुख मानिन्छ । यो बन्द हुनुअघि हरेक वर्ष विश्वभरबाट ५० हजार पर्यटक त्यहाँ जाने गर्दथे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);