ग्रिकमा बाढीबाट मृत्यु हुनेको संख्या १० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

ग्रिकमा बाढीबाट मृत्यु हुनेको संख्या १० पुग्यो

greece migrants

काठमाडौं, २४ भदौ । ग्रिकमा बाढीका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि ग्रिकका प्रधानमन्त्री किरियाकोस मित्सेटाकिसले प्रभावित सबैलाई पूर्ण रुपमा सहयोग गर्न निर्देश्न दिनुभयो । ग्रिस नागरिक संरक्षण र जलवायु संकटमन्त्री भासिलिस किलियासाले बाढीबाट मृत्यु हुनेको संख्या १० पुगेको घोषणा गर्दै पीडितलाई तत्काल राहत र उद्धार गर्न आग्रह गर्नुभयो ।

ग्रिकका मौसमविद्का अनुसार डेनियल भनेर चिनिने आँधीले सोमवारदेखि ग्रिकमा प्रभावित बनाएको थियो । जसका कारण बाढी आउनुका साथै बाढीले घर, पुल, बाँध र सडकहरु भत्काएको छ । तीन वर्षअघि पनि इयानोस आँधीका कारण धेरै क्षति भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);