काठमाडौं, २४ भदौ । बाग्मती प्रदेशसभाले आज सर्वदलीय बैठक बोलाएको छ । प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक बोलाइएको हो ।
आज पनि प्रदेश सभा बैठक बस्दै बोलाइएको छ । आजको बैठक चल्ने अवस्था नदेखेपछि सर्वदलीय बैठक बोलाइएको हो ।
आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएको बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । बैठक प्रदेशसभा सचिवालयमा नै बस्नेछ । पछिल्लो समय प्रदेशसभा बैठक सञ्चालनमा भइरहेको समस्या समाधानका लागि सभामुखले सबै दलहरूसँग छलफलको तयारी गरेका हुन् ।
उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका तर्फबाट दलका नेता, सचेतक तथा प्रतिनिधिहरूलाई उपस्थित हुन सूचना पठाएको सचिवालयले जनाएको छ ।