फैसला भगवानको हातमा छोडीदिए : झरना थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

फैसला भगवानको हातमा छोडीदिए : झरना थापा

काठमाडौं, २४ भदौ । अभिनेत्री तथा निर्देशक झरना थापा फिल्म ‘एक भागवत गीता’को प्रदर्शनमा धार्मिक संस्थाहरुले विरोध गरेपछि निराश भएकी छिन् । सुनिल थापा र झरनाले निर्माण गरेको फिल्मको नामलाई लिएर विरोध भएपछि चलचित्र विकास बोर्डले समेत विवाद मिलाउन सकेको छैन् ।

फिल्म नै दर्शकले हेर्न पाउने हुन् वा होइन त्यो पनि अनिश्चित भएको छ । अधिकांश फिल्मकर्मीहरुले ‘एक भगवत गीता’ले सहजै सेन्सर भई प्रदर्शनको अवसर पाउनुपर्ने समेत माग गरेका छन् । सोही क्रममा झरना थापाले मध्यरातमा सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै फैसला भगवानको हातमा छाडिदिएको बताएकी छिन् ।

शनिबार मध्यरातको १ बजेर २२ मिनेटमा फेसबुकमा पोस्ट गरिएको सो पोस्टमा आफू धार्मिक आस्था र सहिष्णुतामा सचेत रहेको र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको स्पष्ट पारेकी छिन् । “श्रीमद्भागवतगीताको अवहेलना नभएको सप्रमाण बताईरहदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिईएको छैन र निर्क्योल भोलि आइतबार गरिने भनेर भनिएको छ ” उनले लेखेकी छिन्,“आफ्ना सारा स्रोत सम्पति, सपना र अहिलेसम्मको चलचित्रकर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउदा मर्नु न बाँच्नुको पीडा भैरहेको छ । थाहा छैन हाम्रो चलचित्र हजुरहरुको आँखा सम्म आउन् पाउछ कि पाउदैन ्थाहा छैन् , प्रिय दर्शक हरुको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउछ कि पाउदैन, सत्य बोलिरहदा पनि , सहि छु भनेर दसी प्रमाण दिईरहदा पनि कसैले न सुनिदिए पछी अन्तिममा फैसला त भगवान ले गर्नु होला नि हैन ?”

झरनाले अब फैसला भगवानको हातमा छोडीदिएको पनि उल्लेख गरेकी छिन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);